Ishwor Balami
Collection of articles written by Ishwor Balami.
Sunday, 3 April 2016
गजल(रहर छोडेर कहाँ जाउँ ?)
तिम्रो जस्तो मेरो पनि रहर छोडेर कहाँ जाउँ ?
रहरै रहरमा उभिएको शहर छोडेर कहाँ जाउँ ?
फूलै फूलको डोली चढि खुशीहरु आँखामा
बास बस्ने शहरको लहर छोडेर कहाँ जाउँ ?
मूर्ति बनेर ढुंगाहरु बोल्ने यी गल्लीहरुमा
ढल्दै गरेको आँसुको कहर छोडेर कहाँ जाउँ ?
अधेँरो शहरमा हुर्किएको मेरो रगिंन शहरको
तीरै तीर बग्ने नहर छोडेर कहाँ जाउँ ?
हजारौ सपनाहरु निदाएको मूर्छित शहरमा पनि
आशाहरु सिंचिएको प्रहर छोडेर कहाँ जाउँ ?
ईश्वर बलामी
2015~6~18
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment